तालिवानको आक्रमणमा दुईको मृत्यु

0 Shares

काबुल (अफगानिस्तान), १६ भदौ । अफगानिस्तानकोृ राजधानी काबुलदेखि पूर्वमा रहेको लोगार प्रान्तमा भएको एक बम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु भएको छ ।

लोगार प्रान्तमा रहेको चर्ख जिल्ला गभर्नर कार्यालयको अगाडी सो विस्फोट भएको छ ।

काबुलबाट ६० किलोमिटर टाढा रहेको चर्ख जिल्लाको जिल्ला गभर्नर परिसरमा सो विस्फोट तालिवान आतङ्ककारी समूहले गराएको प्रान्तीय गभर्नरमा प्रवक्ता सलिम सलाहे बताएका छन् ।

तालिवानका प्रवक्ता जाबुहुल्लाह मुजाहिदले द एसोसिएटेड प्रेस (एपी)लाई एक इमेलमार्फत सो आक्रमणको जिम्मा लिएको जानकारी दिएको छ । उनका अनुसार सो ट्रकबम आक्रमण हो ।

यद्यपी प्रान्तीय परिषदका सदस्य अब्दुल वाली वाकी र प्रवक्ता सलिम सलाहेले सो बम आक्रमणकारी प्रहरीको पोशाकमा रहेको पैदल हिडेर नै आक्रमण गरेको पुष्टि गरेका छन् ।

त्यसैबीच प्रहरी र तालिवान आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा छ आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएको प्रान्तीय प्रवक्ता सलिमले बताएको छ । यस झडपको क्रममा दुई प्रहरी घाइते भएको पनि उनले पुष्टि गरेका छन् । रासस/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार