स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

7 Shares

काठमाडौँ, १९ माघ । व्यवस्थापिका– संसद्को आजको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेस गर्नुभयो ।

सो विधेयकमाथि संशोधनसहितको सुझाव प्रस्तुत गर्न सांसद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा उपसमिति गठन गरी प्रतिवेदन तयार गरिएको सभापति घर्तीले जानकारी दिनुभयो ।

आजको बैठकमा शून्य र विशेष समय भएन भने अन्य कार्यसूची पनि समावेश थिएन । संसद्को अर्काे बैठक यही माघ २० गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार