पानीमा डुबेर वृद्धको मृत्यु

0 Shares

उर्लाबारी (मोरङ), २१ माघ । मोरङको पथरी– शनिश्चरेमा पानीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ६२ वर्षीय शेरहाङध्वज लिम्बू रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

लिम्बूको शव घर नजिकै रहेको खोल्साको पानीमा डुबेको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार