राससकर्मी घिमिरे सम्मानित

7 Shares

उर्लाबारी (मोरङ), २१ माघ । सञ्चार क्लब नेपाल, उर्लाबारीको १३औँ साधारणसभामा राससकर्मी सुमन घिमिरे सम्मानित हुनुभएको छ ।

क्लबकै सभाहलमा आज भएको साधारणसभाको अवसरमा रु पाँच हजार राशिको ‘लीला–गोमा’ आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट राससकर्मी घिमिरेसहित ब्लास्ट टाइम्सका दिनेश सुब्बा पुरस्कृत हुनुभएको हो । यस्तै, रु पाँच हजार राशिकै दाताराम पद्मावती स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका अर्जुन राजवंशी र हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाल पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई पनि दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा रेडियो इन्द्रेणीका अध्यक्ष भोलामान श्रेष्ठ, निगरानी दैनिकका अध्यक्ष खड्ग फागो र राष्ट्रिय समाचारपत्र दैनिकका सञ्चालक÷प्रकाशक गङ्गा बाँस्तोलालाई पनि सम्मान गरिएको थियो । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक गणेश पोख्रेलले सम्मान गर्नुभएको थियो ।

पूर्वी मोरङमा रहेका पत्रकारहरुको साझा सङ्गठनका रुपमा रहेको सञ्चार क्लबमा विराटनगर बाहिर रहेका ५० भन्दा बढी पत्रकार आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार