१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

प्रहरी चौकी भवन शिलान्यास


२२ माघ २०७३, शनिबार  

0
Shares

 

काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिका– १४ बल्खुस्थित प्रहरी चौकी भवनको आज शिलान्यास गरिएको छ ।

करिब रू एक करोड ६० लाखको लागतमा एक वर्षको अवधिमा निर्माण सम्पन्न गरिने सो चौकी भवन भूकम्प प्रतिरोधी बनाइने छ । सो भवनका लागि त्रिभुवन विश्वविद्यालयले एक रोपनी दुई आना जग्गा सहयोगस्वरुप उपलब्ध गराएको छ ।

सो अवसरमा नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई सबल र सुदृढ बनाउन निर्माण गर्न लागिएको प्रहरी प्रभागका लागि जनस्तरबाट सहयोग गर्नुपर्नेमा बताउँदै प्रहरीको काम कारवाही नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले यो क्षेत्रमा धेरै खुला स्थान भएकाले पनि यहाँ विभिन्न आपराधिक गतिविधि हुने गरेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता आपराधिक गतिविधि न्यूनिकरणमा निर्माण हुन लागेको प्रहरी चौकी भवनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख नवराज अधिकारीले बल्खुमा रहेको प्रहरी चौकी सडक विस्तारका क्रममा हटाउनु परेकाका कारण अर्को भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

कुमारी क्लबका अध्यक्ष मोहन बस्नेत, चौकी प्रमुख अनिरुद्र भुजेललगायतल यो प्रहरी चौकी भवन निर्माणकार्यमा सहयोग गर्न विभिन्न दातृसङ्घ संस्थालाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २२ माघ २०७३, शनिबार  ६ : २४ बजे