५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

निर्वाचन गर्न सरकारले आलटाल ग¥यो ः नेता सिंह


२३ माघ २०७३, आइतबार  

0
Shares

काठमाडौँ, २३ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गर्न सरकारले आलटाल गरेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ५ ले आयोजना गरेको सात दिने नेतृत्व विकास तालिमका सहभागीलाई यहाँ आज प्रमाणपत्र वितरण गर्दै उहाँले भन्नुभयो — “चुनाव गर्ने प्रतिवद्धता अनुसार निर्माण भएको सरकार निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिराखेको छ ।”

नेता सिंहले “चुनाव गर्ने प्रतिवद्धताअनुसार बनेको सरकार अहिले चुनाव गर्न आलटाल गर्न लागेको हो की भन्ने आशङ्का बढेको छ, त्यसो होइन् भने सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्छ” भन्दै विभिन्न बहाना देखाएर निर्वाचनबाट पछाडी हटे त्यो नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।

“सङ्क्रमणकाली व्यवस्थाअनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख चयन भएजस्तै यही व्यवस्थालाई आधार मानेर भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ” उहाँले भन्नुभयो— “लामो समयदेखि नेपाली जनताको त्याग र तपस्याबाट संविधान निर्माण भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि तत्काल निर्वाचन गरी मुलुकलाई आर्थिक विकासतर्फ डो¥याउनुपर्दछ ।”

नेता सिंहले ढिलोचाँडो निर्वाचन हुने भन्दै निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  ९ : ३९ बजे