होटल व्यवसायी महासङ्घको अध्यक्षमा भुजेल

0 Shares

चितवन, १७ भदौ । होटल व्यवसायी महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पुनः अमृत भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा भुजेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षका प्रत्यशी भनिएका हिराध्वज शाह समूहले महाधिवेशन बहिष्कार गरेर हिँडेपछि भुजेल समूहको निर्विरोध रुपमा नयाँ समिति बनेको हो । अध्यक्ष भुजेलले एकलौटी रुपमा सदस्यता वितरण गरेको अरोपमा शाह समूहले महाधिवेशन बहिष्कार गरेको थियो । सोही विवादका कारण महाधिवेशन एक दिन लम्बिएको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा श्रीराम गिरी, प्रथम उपाध्यक्षमा पदमलाल अवस्थी, द्वितीय उपाध्यक्षमा निर्मला कार्की, महासचिवमा उदयनारायण सापकोटा र उपमहासचिवमा अर्जुन चोखाल निर्वाचत भएका छन् । ५३ जनाको कार्यसमिति चयन गर्दै महाधिवेशन बिहीबार साँझ सकिएको हो ।
महाधिवेशनले सचिवमा महेन्द्र प्रधान, सन्तोष उप्रेती र थीरमञ्जन बटलालाई निर्वाचित गरेको छ । कोषाध्यक्षमा शिवबहादुर पुलामी र सहकोषाध्यक्षमा बाबुराम न्यौपाने निर्वाचित भएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार