जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

7 Shares

जाजरकोट, २५ माघ । नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ ।

लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो । भिरमा घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार