ट्र्याक्टरको टेलारी पल्टिँदा चालकको मृत्यु

0 Shares

महोत्तरी, ४ फागुन । उखु लोड भएको ट्याक्टरको टेलारी पल्ँिटदा महोत्तरीको गौशाला नगरपालिका–५ मा एकजना ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

गएराति उखु लोड गरेको ट्र्याक्टरको टेलारीको पन्चर चक्का मर्मतका लागि खोल्ने क्रममा टेलारी उल्टिन गई सुन्दरपुर–२ घर भई गौशाला नगरपालिका–२ मा बस्दै आएको २२ वर्षीय कमलदेव यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।

गौशाला नगरपालिका–५ का देवेन्द्र मल्लको बारीमा रहेको काटिसकेको उखु ज १ त १२७४ नंको ट्र्याक्टरमा लोड गरी रामनगरस्थित एभरेस्ट चिनी मिलमा लैजाने क्रममा पन्चर भएको टेलारीको चक्का खोल्ने क्रममा टेलारी पल्ँिटदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यादवले आफ्नै ट्रयाक्टरमार्फत भाडामा मल्लको उखु चिनी मिलसम्म पु¥याउने काम गर्ने गर्दै आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक यादवको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

भारतीय कामदार मृत भेटिए

यसैगरी, महोत्तरीको गौशालामा एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गएराति गौशाला नगरपालिका–३ स्थित एभरेस्ट चिनी मिल रामनगरमा कार्यरत भारत दरभङ्गा कर्मापट्टीका ६० वर्षीय जोगीदासको शव सडकको छेउमा फेला परेको छ ।

चिनी मिलको आफ्नो ड्युटी सम्पन्न गरी औषधि खरिद गर्नका लागि चिनी मिल गेटबाट बाहिर निस्केका दास साँझ ८ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव नजिकबाट बिरामीपुर्जी र औषधि पmेला परेकाले मृतक विगत केही दिनदेखि बिरामी अवस्थामा रहेको प्रहरीको अनुमान रहेको छ । शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार