नारदमणि थुलुङ स्मृति पार्क बन्ने

7 Shares

भोजपुर, ५ फागुन । भोजपुर जिल्लाको पश्चिमी छिनामखु गाविसको नौलेगाउँमा नारदमणि थुलुङ स्मृति पार्क निर्माण गरिने भएको छ ।

नारदमणि थुलुङ स्मृति परिषद्ले ३ वर्षमा पार्क निर्माण गरिसक्ने परिषदका सल्लाहकार सदस्य हेमराज राईले जानकारी दिनुभयो । पार्क निर्माणका लागि संस्थालाई स्थानीयवासी तथा साहित्यकार÷गीतकार गणेश रसिकले करिब रु ५० लाख बराबरको ६ सय रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

पार्कभित्र विसं २००७ सालका प्रजातान्त्रिक योद्धाका सालिक, पुस्तकालय, परम्परागत सामग्री, पिक्निक स्पट तथा बालबालिकाको मनोरन्जनात्मक थलो रहनेछ । पार्क निर्माणका लागि पहिलो चरणअन्तर्गत सरकारबाट रु ३१ लाख बजेटसमेत प्राप्त भइसकेको बताइएको छ । पार्क निर्माणका लागि प्राविधिक सर्भेसमेत सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार