सञ्चार मन्त्रालय विभागीय युनियनमा महर्जन

7 Shares

काठमाडौँ, ९ फागुन । नेपाल निजामती कर्मचारी युनियन ( सङ्घ), सूचना तथा सञ्चार मन्त्रालय विभागीय कार्यसमितिको अध्यक्षमा रवीन्द्रमान महर्जन निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) नारायणप्रसाद धमला, उपाध्यक्ष (महिला) भावना पोखरेल, उपाध्यक्ष (समावेशी) ज्योति कार्की, सचिवमा धीरेन्द्र पौडेल, सहसचिव हेम शर्मा चापागाईं र कोषाध्यक्षमा मधु पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा केशव रिजाल, अम्बिकाप्रसाद बराल, मुकुन्दप्रसाद दुलाल, रमेश वासुकला, गोकर्ण उपाध्याय र गणेशराम पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको केन्द्रीय प्रतिनिधिमा देवराज सापकोटा र नारायणप्रसाद अधिकारी तथा पर्यवेक्षकमा युवराज पोखरेल र केशव रिजाल चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार