बनियानी (झापा), ९ फागुन । गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठान झापाले पत्रकार कृष्ण हुमागाईंलाई आज ‘गौरीशङ्कर स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
प्रतिष्ठानले खड्काको छैटौँ स्मृति दिवसका अवसरमा आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मणि थापाले सो पुरस्कार प्रदान गर्नुभयो । अढाइ दशकदेखि पत्रकारितामा क्रियाशील हुमागाईँ नेपाल प्रेस युनियन झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य हुनुहुन्छ । पुरस्कारको राशि रू १५ हजार एक सय छ ।
कार्यक्रममा नेता थापाले गौरीशङ्करले देखाएको बाटामा माओवादी हिँड्न नसकेकाले पार्टीमा विचलन आएको बताउनुभयो ।