नयाँ शक्ति नेपाल सोलुखुम्बुका संयोजक उत्तम वस्नेतसहित जिल्ला नेताहरु एमालेमा प्रवेश

0 Shares

सोलुखुम्बु, १७ फागुन । नयाँ शक्ति नेपाल सोलुखुम्बुका जिल्ला संयोजक उत्तम वस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । संयोजक वस्नेत सहित केहि जिल्ला नेताहरु एमालेमा प्रवेश गरेका छन् । आर्थिक समृद्धिका लागि जनताले चाहेको कुरा गर्न नसकेको तथा सम्भाव्यता समेत पहिचान गर्न नसकेकाले पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपाली वामपन्थी राजनीतिमा सोलुखुम्बु जिल्ला लगायत छिमेकी जिल्लामा लामो सयम सक्रिय र प्रिय राजनेताको छवि बनाएका वस्नेत पछिल्लो समयमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा आबद्ध भएर सोलुखुम्बु जिल्लामा सक्रिय रुपमा लागेका थिए ।
वस्नेतले नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा गएर पार्टी प्रवेश गरेका छन् । उनी सोलुखुम्बु जिल्लाका स्वस्छ छविको नेताको रुपमा अग्रपंक्तिमा आउँछन् ।
Photo 1

Photo 2

Photo 3

Photo 4

Press Release-Uttam1

Press Release-Uttam2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार