काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ ।
मङ्गलबार राति सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा हुनुभएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गर्नुभएको थियो ।
उहाँलाई सरुवा गरेसँगै अब कामपाका कार्यकारी अधिकृतका रुपमा ईश्वर पौडेल आउनुभएको छ । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो । पौडेल र तामाङ दुवैजनाले बुधबार पदबहाली गर्ने कार्यक्रम छ ।