भर्ना भएका नियमित विद्यार्थीलाई मतदानबाट नरोक्न अनेरास्ववियुको चेतावनी

0 Shares

ओखलढुंगा, १८ फागुन । एमाले निकट अनेरास्ववियुले क्याम्पसमा भर्ना भइ नियमित अध्ययनरत विद्यार्थीहरुको मतदाता नामावलीमा नाम छुटाएको भन्दै मतदानबाट बञ्चित नगराउन निर्वाचन समितिलाई चेतावनी दिएको छ । क्याम्पसका नियमित विद्यार्थीलाई ओखलढुंगा क्याम्पस ओखलढुंगाले २५ जना विद्यार्थीहरुलाई नियतबस नामावलीमा नाम छुटाएको भन्दै मतदान गर्ने अधिकारबाट नरोक्न चेतावनी दिएको हो ।
अखिलको क्याम्पस कमिटीले नियमित विद्यार्थीको नामावलीमा छुटेका नाम समावेश नगरि निर्वाैचनका अन्य कार्यक्रम अघि नबढाउन निर्वाचन समितिलाई सचेत गराएको अखिलका जिल्ला अध्यक्ष अशेष श्रेष्ठले बताए । क्याम्पसले नियतबस नै गाउँमा रहेका विद्यार्थीहरुले जानकारी नपाइ नामावली प्रकाशन गरेर नाम छुटाएको हुन सक्ने अखिलले जनाएको छ ।
नाम छुटेको विषयमा निर्वाचन समितिका प्रमुख सोमनाथ पौडेलले प्राविधिक कारणले नाम छुटेको बताएका छन् । नियमित विद्यार्थीको नाम छुटेको तर निर्वाचन प्रकृया अघि बढेकाले पछि थप गर्दा सर्वपक्षिय सहमति अवश्यक पर्ने बताए । केही विद्यार्थीहरुले मतदाता नामावलीमा नाम समावेश गर्न माग गर्दै क्याम्पसमा निवेदन समेत दिएका छन् । उनीहरुले नाम समावेश नभए कानुनी बाटो रोज्ने बताएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार