इलाम, २० फागुन । इलाम कोल्बुङ–२ की मिर्गौलापीडित गीता सुनुवारको उपचारार्थ वैदेशिक रोजगारमा गएका इलामेले आर्थिक सहयोग गरेका छन् । इलामेली जनसम्पर्क मञ्च साउदी अरबले सुनुवारलाई उपचार सहयोगार्थ रु ३३ हजार नौसय आर्थिक सहयोग गरेका हुन् ।
श्रीमान् टीकाराम सुनुवारले आफ्नो श्रीमती गीताको मिर्गाैला खराब भएको कारण उपचार गर्ने क्रममा आफूसँग भएको सबै सम्पत्ति सकिएपछि आर्थिक सहयोगको याचना गर्नुभएको थियो । सोही क्रममा मञ्चलाई पनि अपिल गर्नुभएको थियो ।
मञ्चका सदस्यहरूबाट सङ्कलित स्वेच्छिक सहयोग इलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहकार निर्मल रायमाझीले उक्त सहयोग पीडितका श्रीमान् टीकाराम सुनुवारलाई पठाउनुभएको हो ।