३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

बीस जिल्लामा आर्सनिकमुक्त पानी पु¥याइने ः मन्त्री सिंह


२० फाल्गुन २०७३, शुक्रबार  

0
Shares

बर्दिया, २० फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले तराईका २० जिल्लामा आर्सेनिकमुक्त पानी पु¥याउने बताउनुभएको छ ।

बर्दियाको सानोश्री ताराताल नगरपालिकामा रहेको कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारणसभाको विहिबार उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

तराई मधेस खानेपानी सुधार कार्यक्रम लागू गरी तराईका जिल्लामा एकसय ६ वटा आयोजना सुरु गरिएको उहाँले जानकारी दिनुभयो । डिप बोरिङ, सोलार पम्पिङ जडान गर्ने, ओभरहेड ट्याङ्की निर्माण गर्ने तथा पानी ट्रिटमेन्ट गरी शुद्ध पानी वितरण गर्ने काम लगायतका उद्देश्यबाट ती आयोजना प्रेरित रहेको भन्दै मन्त्री सिंहले बर्दियावासीले पनि त्यसै अनुसार आफ्ना नयाँ आयोजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकामा रहेका खानेपानी आयोजनाका समितिले आफ्नो माग लिखित रुपमा मन्त्रीलाई बुझाएका थिए । त्यस्तै, नगरपालिकामा रहेको ढल व्यवस्थापनका लागि आवश्यक बजेटका लागि पहल गर्न पनि मन्त्रीलाई आग्रह गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७३, शुक्रबार  ३ : ५० बजे