रसुवा, २१ फागुन । लैङ्गिक समानता र समावेशी कार्य प्रभावकारी तुल्याउन दुई गाविसमा जेसी(लैङ्गिक समानता र सामाजिक समावेशिता) कार्यक्रम लागू भएको छ ।
ओमन एड नामक गैससमार्फत धुन्चे र लहरेपौवा गाविसमा देखिएको समस्यामाथि पैरवी एवम् परिवर्तनका लागि पहल गरी समस्या न्यूनीकरणमा सहयोग पु¥याउन जेसी परियोजना कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रम सञ्चालनको अवधि १८ महिनाको हुने छ । कार्यक्रमका कानुनी परामर्शदाता खिलनाथ घिमिरेले पहिलो चरणमा तालिमका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गराई दोस्रो चरणमा आफ्ना घोषित कार्यक्रम कार्यान्वयनको चरण अगाडि बढाइने बताउनुभयो ।