वाग्मती पदयात्रामा सहभागी हुन आह्वान

7 Shares

काठमाडौँ, २३ फागुन । सुन्दरीजलदेखि चोभारसम्म हुने वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पदयात्रामा नजिक पर्ने नदी किनारमा यही फागुन २८ गते सहभागी हुन सबैलाई आह्वान गरिएको छ ।

महाभियान, प्रचारप्रसार समितिले आज सूचना तथा सञ्चार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वाग्मती सभ्यतालाई जीवन्त बनाउन सबैले सफाइ महाअभियानमा योगदान पु¥याउनुपर्ने बताउनुभयो । “सफाइमा सहभागी हुन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायक संस्थामार्फत मोबाइलमा सन्देश पठाउनेछ, आमसञ्चारमाध्यमलाई पनि यो सामाजिक मुद्दालाई सहयोग पु¥याउने गरी समाचार, लेख रचना प्रकाशन एवम् प्रसारण गर्न अनुरोध गर्दछु”–उहाँले भन्नुभयो ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, महाभियानकर्मी डा राजु अधिकारी, सन्तोष श्रेष्ठ, हेमराज कार्की, अर्जुन धरेललगायतले २०० औँ हप्ताको कार्यक्रममा आयोजना हुने सुन्दरीजलदेखि चोभारसम्मको पदयात्रामा सहभागिता जुटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सुन्दरीजलदेखि चोभारसम्मका १८ स्थानमा पदयात्रा गर्न सरकारका १८ सचिवलाई जिम्मेवारी तोकिएको छ । दुई सयौँ हप्ताको मूल कार्यक्रम शङ्खमूलमा गरिनेछ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता शनिबार बिहान ७ः३० बजे वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ ।

स्थानीय तह निर्वाचनको वातावरण बनाउन आग्रह

आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको वातावरण बनाउन पनि सञ्चारमाध्यमले सकारात्मक भएर भूमिका खेल्नुपर्ने सचिव गुरुङको भनाइ थियो ।

स्थानीय तहको निर्वाचनका लागि मन्त्रिपरिषद्को आइतबारको बैठकले ७४४ स्थानीय तह कायम गर्ने निर्णय गरेको छ । यो नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ । “संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो निर्वाचन र स्थानीयस्तरमा १९ वर्षपछि हुन लागेकाले पनि यो निर्वाचन ऐतिहासिक हुनेछ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेकाले यसको कार्यान्वयन भए÷नभएको समाचार सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार