अन्तर्राष्ट्रिय महिला दिवसमा संस्था र व्यक्ति सम्मानित

0 Shares

पोखरा, २५ फागुन । एकसय साताँैं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा आज यहाँ केही स्थानीय संस्था र व्यक्ति सम्मानित भएका छन् ।

महिलाको सशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै कोपिला नेपाल, ज्योति महिला विकास तथा बचत सहकारी संस्था, सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था र व्यक्तितर्पm दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राधा कुँवरलाई सम्मान गरिएको हो ।

“महिला सम्मानको आधार, सीपयुक्त हात” मूलनाराका साथ १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला सांसदद्वय शारदा पौडेल र सीता गिरी ओलीले सो सम्मान गर्नुभएको थियो ।

मूलसमारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय पौडेल र गिरी, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तारा अधिकारी लगायतले महिला अधिकारका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

यसअघि पोखराको सिर्जनाचोकबाट सुरु भएको ¥याली रत्नचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार