महिला दिवस–देउवा सन्देश

7 Shares

 

काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदी बहिनीको सुख शान्ति समृद्धिको एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

‘जनसङ्ख्याको झन्डै आधाभन्दा बढी भाग ओगटेको महिलालाई हरेक निकायमा संलग्न गराई उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता हो’ सन्देशमा भनिएको छ ।

उहाँले आफ्नो पार्टीले हरेक संरचनामा महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै पदीय जिम्मेवारीमा महिलालाई लगी मुलुकमा रहेको लैङ्गिक भेद्भावलाई हटाउनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार