गर्मी बढेसँगै भेँडीगोठ लेकतिर

0 Shares

 

बेँसीसहर (लमजुङ), २५ फागुन । जाडो मौसम छल्नका लागि बेँसीतिर सारिएका भेंडीगोठ पुनः लेकतिर सर्न थालेका छन् । हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडामा आइपुगेका भेंडीगोठ गर्मी बढ्न थालेकाले लेक र खर्कमा फर्कन थालेका हुन् ।

उत्तरपश्चिम लमजुङका भेंडीगोठ मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । विशेष गरी दूधपोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काखलगायतका ठाउँ भेंडिगोठको लागि प्रख्यात छ ।

पश्चिम लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, घलेगाउँ, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनीलगायतका ग्रामीण क्षेत्रमा भेंडीगोठ उल्लेख्य मात्रामा छन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा २१ गाविसका ८१ वटा भेंडीगोठ छन् । ती भेंडी गोठमा २० हजार चारसय २४ भेंडाबाख्रा रहेको कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।

लमजुङमा भेंडीगोठ ६ महिना लेंक र ६ महिना बेँसीमा रहने गर्छ । अहिले उकालो लागेका भेंडिगोठ जाडो बढ्न थालेपछि पुनः बँेसी सर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार