२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

विकास निर्माणमा योगदान गरेका सांसदलाई सम्मान



ओखलढुंगा, २५ फागुन । गाउँको विकास निर्माणमा योगदान पुर्याएकोमा पात्ले गाविसका बासिन्दाले ओखलढुंगा क्षेत्र नं. १ का संसाद यज्ञराज सुनुवारलाई सम्मान गरेका छन् । पात्ले गाविसलाई सदरमुकामलगायतका सडक संजालमा जोड्न बजेट व्यवस्थापन गरेर योगदान गरेकाले पात्लेका स्थानीयले सम्मान गरेका हुन् ।received_1086588771487636

खिजीफलाटेको चुप्लु देखी पात्लेको छेर्मादिङसम्म सडक निर्माणमा निर्वाचन क्षेत्र विकास कोषबाट अनुान उपलब्ध गराई सडक निर्माणको काममा योगदान गरेको, पात्लेका समस्या समाधानमा अगुवाइ गरेको भन्दै सडक निर्माण समितिले सम्मान गरेको समितका अध्यक्ष पेम्बा शेर्पाले बताए । स्थानीयले यस अघिका अन्य सांसदहरु चुनाव जितेर गए पनि फर्केर नआएका र सुनुवार पटक पटक गाउँमा आएर यहाँका आवश्यकता र समस्या पहिचान गरेर समाधान गर्न भुमिका खेलेको पात्लेका स्थानीय लाप्साङ शेर्पाले बताए । चुप्लुभञ्ज्यांग–छेर्मादिङ सडक अनुगमनमा पुगेका सुनुवारलाई सम्मान गरिएको हो । सडक अनुगमन सँगै सांसद सुनुवारले पात्लेका भूकक्पले क्षतिग्रस्त गुम्वा पुनः निर्माणका लागि बजेट व्यवस्था गर्ने बताए । उनले भुकम्पले क्षति पुगेको तावरको गुम्वा समेत शिलन्याश गरेका छन् ।
पात्ले सडक अनुगमनका लागि सांसद हर्कबोल राई, खिजीका समाजसेवी कोपबहादुर सुनुवार कमल न्यौपाने लगायत पुगेका थिए । सांसद राईले सडक अनुगमनपछि पात्लेको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७३, बुधबार  १० : ०७ बजे