३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

आरोग्य प्रतिष्ठानद्वारा पुरस्कार स्थापना


२७ फाल्गुन २०७३, शुक्रबार  

0
Shares

काठमाडौँ, २७ फागुन । आरोग्य प्रतिष्ठानले सर्वोत्कृष्ट स्वास्थ्य पत्रकार पुरस्कार स्थापना गरेको छ ।

यसै वर्ष स्थापना गरेको पुरस्कार हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट एकजनालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यो वर्ष कान्तिपुर दैनिकका स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार र प्रमाणपत्र रहेको छ ।

प्रतिष्ठानकी अध्यक्ष आनी छोइङग डोल्माले पत्रकारका माध्यमबाट नै स्वास्थ्यका हरेक विषय जनतासमक्ष पुग्ने भएकाले सम्मानस्वरुप पुरस्कार स्थापना गरेको बताउनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७३, शुक्रबार  ५ : १४ बजे