सामसुङले ग्यालेक्सी नोट ७ फिर्ता लिने

14 Shares

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ ।

ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो ।

अब कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ ।
samsung-galaxy-note-7-

ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार