सडक

0 Shares

अस्तित्व गुमाउछन् सपनाहरु जब ती पुग्छन् सडकमा,      

अर्थहिन हुन्छन् आशाहरु जब ती पोखिन्छन् सडकमा ।

काहाली लाग्दा चिच्याहट शुन्य हुन्छन् अनकन्टार बन्छ मानवसमाज,
चनाखो गुञ्जने श्रवणकक्ष ठप्प बहिरीन्छन् स्तव्द हुन्छन् आवाज,
मानवता हराउटन् मुटुहरु जब ती पुग्छन् सडकमा,
बेकार हुन्छन् शब्दहरु जब ती रुन्छन् सडकमा ।

लज्जा ढाक्ने लत्ता निर्मम लुछिन्छन् निर्वस्त्र बन्छ समाज,
उत्तरदायी हात कुण्ठित कुजिन्छन् निर्लज बन्छ जमात,
दृष्टि हराउटन् आँखाहरु जब ती पुग्छन् सडकमा,
अदृष्य बन्छन् पिडाहरु जब ती चर्किन्छन् सडकमा ।

अनुरोधपूर्ण क्रन्दन निरन्तर दबिन्छन् निर्दोष मर्छन् पूकार,
समानता हाक्ने न्याय अपवित्र बन्छन् भेदभाव बन्छ अधिकार,
माया हराउछन् मनहरु जब ती पुग्छन् सडकमा,
बेवास्ता हुन्छन् न्यायहरु जब ती भोकाउछन् सडकमा ।
कविता बाहिङ
सह–सचिव, बाहिङ किरात युवा संगठन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार