बाँदर देवताको श्रापले गायब भएको शहर हजारौं वर्षपछि भेटियो

63 Shares

दुनिया रहस्यले भरिएको छ । कतिपय रहसय त यस्ता हुन्छन् की यकिन गर्नपनि मुस्किल पर्दछ । यस्तै एउटा रहस्य थियो अतितको, जसको वर्तमानमा प्रमाण फेला परेको छ ।
हजारौँ वर्ष पहिले मध्य अमेरिकी देश होन्डुरसमा एउटा सहर थियो । उक्त समयमा त्यो सबैभन्दा धनी सहर थियो । घना जंगल तथा पहाडको बीचमा लुकेको उक्त सहर निकै चर्चित थियो । किम्बदन्ती अनुसार उक्त सहरका बासिन्दाले सहरका देवता, जसलाई मंकी गड भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि क्रोधित भएका बाँदर देवताले श्राप दिए । देवताको श्रापका कारण सहर एकै रातमा हरायो ।

इतिहासमा वणिर्त यो सहरको खोजी गर्ने प्रयास विगतमा पनि नभएका होइनन् । तर त्यसको पनि रोचक कहानी छ । मानिसहरुका अनुसार उक्त सहरको खोजी गर्न प्रयास गर्ने मानिसमा छालाको रहस्यमय रोग देखा पर्दथ्यो । उक्त रोगमा मानिसको छालालाई किराले खान थाल्थे । तर यो वर्षको सुरुवातमा नेशनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले उक्त सहर पत्ता लगाएरै छाड्यो ।

प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्य अमेरिकाका घना जंगलहरुमा यो सहरको खोजी सुरु गरेका थिए । मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो की त्यसपछि उनीहरुमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरुका केही संकेत देखिए । अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन सहर रहेको तथ्य फेला पर्यो । त्यहाँ मंकी गडका केही मूर्तिहरु पनि फेला परे । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार