२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

रुसको साँठगाँठ रहेको प्रमाण फेला परेन



 

वासिङगटन, ७ चैत । सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा रुस र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच साँठगाँठ भएको भन्ने कुनै पनि प्रमाण नभेटिएको अमेरिकी संसद्को गुप्तचर निकायका अध्यक्षले बताएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट समितिका अध्यक्ष डेभिन नुनेसले रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्ने गरी गरेको कुनै साँठगाँठको प्रमाण नभेटिएको बताएका हुन् ।

रुसले चुनावमा हस्तक्षेप गरे या नगरेको भन्नेबारे प्रमाण प्रस्तुत गर्न अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआइमा प्रमुख उक्त संसदीय समितिमा उपस्थित हुनु एक दिन अघि फ्रासको एक समाचार समितिलाई दिएको एक अन्तवार्तामा नुनेसले सो कुरा बताएको जनाइएको छ ।
नुनेसले आफूले हालसम्म फेला पारेको आधारहरुमा रुसले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन र राष्ट्रपतिको अर्को उम्मेदवार हिलारी रोधाम क्लिन्टनलाई हराउने कुनै कार्य गरेको प्रमाण फेला नपरेको सो अन्तवार्ताको क्रममा प्रष्ट पारेका हुन । रासस/एएफपी

प्रकाशित मिति : ७ चैत्र २०७३, सोमबार  १० : ०३ बजे