मालेको जिल्ला कमिटी एमालेमा बिलय, तरुण दलका कोषाध्यक्षसहित ६ जना एमालेमा प्रवेश: काँग्रेसमा खैलाबैला

0 Shares

ओखलढुंगा, १० चैत । नेकपा मालेको ओखलढुंगा जिल्ला कमिटी एमालेमा विलय भएको छ । मालेका अञ्चलव्यूरो सदस्य संजय खत्रीसहित जिल्ला कमिटी एमालेमा विलय भएको हो । मालेका जिल्ला नेताहरु विष्णु श्रेष्ठ, जुना कट्टेल, लालप्रसाद ढकाल, भगवती धमला, मदन केशीसहित ९ जना जिल्ला सदस्यहरुसहित एकता गरिएको संजय खत्रीले बताए । उनले पार्टीका ९८ प्रतिशत नेता कार्यकर्ताहरुसहित आंशिक एकता गरेको जानकारी दिए । नेकपा एमालेको शुक्रबार बसेको जिल्ला कमिटी बैठकले खत्रीलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिएको छ ।
त्यस्तै काँग्रेसको भातृ संगठन तरुण दलका जिल्ला कोषध्यक्ष जिन्दल श्रेष्ठसहित ६ जना एमालेमा प्रवेश गरेका छन् उनीहरुले एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले अविर लगाएर स्वागत गरे । उनीहरुलाई युवा संघमा उपयुक्त जिम्मेवारी दिइने युवा संघका जिल्ला इञ्र्चाज रोशन शाक्यले बतााए ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जिल्लामा राजनीतिक गतिविधी बढ्न थालेका छन्, भने दलहरुले चुनावी तयारीका लागि कार्यकर्ता परिचालन थालेका छन् । माओवादी केन्द्र र काँग्रेसले गाउँ पालिका स्तरमा संगन बनाएका छन् भने एमाले गाउ पसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार