बायुङ/बाहिङ मुख्य बसोबास पूर्वी पहाड सोलुखुम्बु र ओखलढुंगा जिल्लामा बसोबास गर्दै आएका जाती हो । किरात महाजातिभित्रको एक स्वतन्त्र समुदय हो ।
बाहिङ किरातहरुको छाता सङ्गठन “बाहिङ किरात मुलुखिम” हो । अाफ्नाे स्थापनासँगै समग्र बाहिङ/बायुङ जातिको समाजिक, आर्थिक, सास्कृतिक तथा राजनितिक उत्थान र विकासमा महत्वपूर्ण योगदान पुराउदै आएको छ । सस्थाले बाहिङ किरात समुदयको उत्थान र उन्नतिकालागि आफ्नो हरेक कदमहरु चालेपनी विवादरहित भने रहेको छैन ।
पछिल्लो समय बायुङ /बाहिङ समुदयभित्र लेख्य आफ्नै थरमा “बायुङ कि ? बाहिङ”यी दुईशब्दमा कुन लेख्ने भन्ने अति संबेदनसिल बिषयमा विवाद भइरहेको छ । यो एउटा गम्भीर र दुरगामी असर पार्ने मुद्धाको रुपमा उभिएको छ । अहिले किरात बायुङ (बाहिङ) समाज आफैमा दुई कित्तामा विभाजित छ । बिशेषगरि मुलिखिम सम्बद्ध समूह र बाहिङ किरात मुलिखिम बाहिङ शब्दलाई लेख्यरुपमा लिएर सस्थागतरुपमा अघि बढिरहेको छ । अर्कोपट्टि असन्तुष्ट पक्ष “बायुङ” शब्द मौलिक रहेको र यहि लेख्यरुपमा लेखिनुपर्ने मत राखेर अघि बढिरहेको छ । साथै बाहिङ/बायुङ बस्तितिर बाहिङ नभई बायुङ नै कथ्यरुपमा रहेको छ भने मुलुखिम “बायुङ र बाहिङ” एउटै हाे भनी बढिरहेकाे छ ।
यो विवादित बिषयवस्तुमाथि हाल आएर धेरै मतभेद र बहसहरु भईरहेको छ । एकै जतियसमुदयका सदस्यहरुबिच मतमतान्तर भइरहेको छ । सामाजिक सन्जालमा विवाद चुलिदै गएको छ । आरोप प्रत्यरोपहरु हुँदै आएको छ । यो कुरा समाजकोनिम्ती स्वास्थ्याकर पक्कै हैन । यसको दुरगामी प्रभावले भोलि समाज ग्रसित हुनेनै छ र घातक बन्नेछ ।
“बायुङ” शब्द मौलिक हो । अझै जनबोलिमा बायुङ नै पाइन्छ । बायुङ गाउँबस्तिमा बायुङ शब्द पहिचान र अपनत्व बोकेर बाचेको छ । आज आएर बाहिङ भनिएपनी अघिल्लो पुस्ताले आफुलाई” बायुङ राई ” भनेर नै परिचित गराएका हुन् । तेसैले हामी “बायुङ हौ बाहिङ कदपी होईनौ” भन्ने मत असन्तुष्ट पक्षको रहेको छ । जुन सन्दर्भिक पनि देखिन्छ । पहिचान भनेको मौलिक हुनुपर्छ । यो पङ्क्तिकारलेपनि हामी बायुङ राई होउ भन्ने पिता पुर्खाहरुद्वारा सुनेको हो ।
भावी पुस्ता र समाजमा आईपर्ने बिकराल परिस्थितिको ब्याबस्थापन र निराकरणको लागि आजको पुस्ताले सकृय अनि दीर्घकालीन भुमिका खेल्नु आबश्यक छ । विवादको प्रभाबकारी अवतरणको लागि मुलिखिम र असन्तुष्ट पक्षबिच खुला बहस तथा साैहाद्रपुर्ण सम्बाद गरि टुंगोमा पुग्नुको विकल्प छैन ।
विवाद समाधानका निम्ति निम्न कुरा उचित देखिन्छ:
१.बाहिङ र बायुङ को विवादले सामाजिक सन्जाल तातिरहेको छ । बाहिङ किरात मुलुखिमले विवादमुक्त हुन र समग्र बाहिङ/बायुङ तुम्लोयालो जोगाउन आफ्नो नाममा सम्शोधन गरि “बाहिङ (बायुङ) किरात मुलिखिम”कायम गर्नु उचित हुन्छ ।
२.यदि यो नगर्ने हो भने मुलुखिमले सबैलाई स्विकार्यहुनेगरी आबश्यक जनचेतनामूलक अभियान सन्चालन गर्नु पर्छ । जबकि सम्पुर्णले “बाहिङ”शब्द मनैदेखी आत्मसात गर्नसकुन ।
३.सम्बद्घ निकायहरु (मुलुखिम र मुलुखिम सम्बद्ध सस्थाहरु र असन्तुष्ट समूह) बिच सकारात्मक र सृजनात्मक समन्वय हुनुपर्छ ।
४. अन्य किरात समुदायजस्तै मुलुखिमले पनि बाहिङ (बायुङ) समुदायको पहिचानार्थ सूचीकरणको एजेन्डालिएर अघि बढ्दै अाएकाे छ । यो स्वागतयोग्य कदम हो । तर सूचीकरणको लागि आफ्नो थर “राई”शब्द मेटाउने कुराले पनि अर्को असन्तुष्टताको वातावरण निर्माण गरेको छ ।
दीर्घकालीन असर गर्ने यो बिषयमा आजै उचित निकास निकाली समग्र बाहिङ/बायुङ राई जातिको मौलिक पहिचानको जगेर्ना गर्न सम्पुर्ण सम्बद्ध ब्यक्ति तथा निकायहरुलाई हार्दिक अपील गर्दछु ।