जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे

0 Shares

सोलुखुम्बु, १८भाद्र । सेवाग्राहीको सुविधाका लागि जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे राखिएको छ । भाषाकै कारण सर्वसाधारणले सजिलै न्याय पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले दोभाषे व्यवस्था गरिएको जिल्ला अदालत सोलुखुम्बुृले जनाएको छ । जिल्ला अदालत सोलुखुम्बुमा १ महिलासहित ७ दोभाषे राखिएको छ । विभिन्न जातजातिले बोल्ने भाषाअनुसार राखिएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।
अदालतले राखेका दोभाषे मध्ये कल्पना राईलाई अंग्रेजी, कुलुङ, थुलुङ र खालीङ, आङजाङबु शेर्पालाई शेर्पा भाषाको लागि छनौट गरिएको अदालतले जनाएको छ । त्यस्तै निमराज तामाङ र ल्हाक्पा तामाङलाई तामाङ भाषा तथा अशोक कुमार कुलुङ र लिलानाथ राईलाई कुलुङ भाषा र जस बहादुर राईलाई बाहिङ भाषाका लागि दोभाषेका रूपमा राखिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेष्तेदार भगवती शर्माले बताए ।

श्रेष्तेदार शर्माका अनुसार सूचीकृत ७ दोभाषेलाई अदालतका सेवाग्रहीको भाषामा कठिनाइ नहोस् भनेर सजिलोका लागि राखिएको हो । कर्मचारीले सेवाग्राहीको भाषा नबुझ्ने र कर्मचारीको भाषा सेवाग्राहीहरूले पनि नबुझ्दा न्याय सम्पादनमा समस्या हुने भएकोले सहजताका लागि अदालतले दोभाषे राखेको अदालतले जनाएको छ ।

अदालतमा भाषाका कारणले सर्वसाधारणले उचित न्याय पाउन सकिरहेका छैनन् । त्यसैले पनि दोभाषेको प्रयोगले सजिलो हुने कानुन व्यवसायीहरु बताउँछन् । छनौट गरिएका दोभाषेले न्यायका लागि अदालत आउनेले बोल्ने भाषालाई नेपालीमा उल्था गरेर सहजीकरण गरिदिने गर्छन् । दोभाषेको सहजीकरणले कर्मचारी र पीडित दुवैलाई सजिलो हुने भएकोले सहज हुने अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार