सिरियाको कारागारमा हवाई हमला, १६ जनाको मृत्यु

0 Shares

 

बेरुत, १२ चैत । सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ । मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन् ।

राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको यद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको छ ।

इडलिब शहरमा यसअघि पनि यस्तै प्रकारका आक्रमणहरु हुँदा अरु धेरै जनाको मृत्यु भएको छ ।

सिरियामा छ वर्ष अगाडिदेखि सुरु भएको सरकार विरोधी हिंसात्मक द्वन्द्वका कारण अहिलेसम्म झन्डै तीन लाख २० हजार जना मारिएका छन् । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार