काठमाडौं, चैत्र १२ । नेकपा एमाले ओखलढुंगा–काठमाडौ सम्पर्क मञ्चले स्थापना गरेको सम्पर्क मञ्च विरामी सहायता कोषबाट ओखलढुंगा कटुन्जे ९ का शैलेस पराजुलीलाई १० हजार आर्थिक सहयोग गरेको छ । शैलेस पराजुली बरुणेश्वर उच्च मा.वि रामपुरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।
उनी एक्कासी विरामी भएपछि स्वास्थ्य परीक्षणपछि मुटुको दुबै भल्भ बिग्रीएको डाक्टरको सुझावपछि अहिले उनी शहिद गंगालाल अस्पतालमा उपचार गर्दै छन् । उनको ज्यादै नाजुक आर्थिक अवस्था भएकोले सम्पर्क मञ्चले थोरै भएपनि सहयोग गरको छ । केन्द्रिय सम्पर्क समन्वय कमिटीका सदस्य केदारराज पुडासैनी, प्रदेश संगठन सम्पर्क कमिटी प्रदेश नंं. १ का सदस्य शम्भु अधिकारी सम्पर्क मञ्चका पदाधिकारीहरु क्षेत्रिय सम्पर्कका पदाधिकारीहरुको उपस्थितिमा गंगालाल अस्पताल महाराजगजमा विरामीलाई सहयोग हस्तान्तरण गरिएको हो ।