बुद्धवीर बाहिङ । दुःखको क्षणलाई पनि सुखमा परिणत गर्ने भावनात्मक सोच लिएर हुर्किएका छन् केशव ‘युप्स’ रल्लेचा बाहिङ । किराती समुदायको बाहिङ जातिबाट कला/अभिनय क्षेत्रमा लाग्ने बाहिङ उम्दा तारा हुन् । बाहिङ समुदायमा मात्र होइन उनी नेपाली चलचित्र क्षेत्रमै अब्बल अभिनय गर्ने कलाकारको रुपमा दरिएका छन् । अभिनय मार्पmत समाजमा भएका नकारात्मक विषयलाई चोटिलो रुपमा उतार्न सक्ने उनी सफल कलाकार मात्र होइनन्, कुशल चलचित्र निर्माता पनि हुन् ।
नेपाली कला क्षेत्रमै जीवनको सम्पूर्ण समय खर्चिने बाहिङको सोच छ । सामुदायिक रुपमा त्यत्ति सहयोग र हौसला नपाए पनि उनी दुःखी छैनन् । ‘हाम्रो समुदायका मानिस चलचित्र क्षेत्रको विषयमा जानकार नभएकाले मैले गरेको अभिनयको तारिफ गरुन, हौसला दिउन भन्ने आवश्यकता ठान्दिन’ बाहिङले भने, ‘जसले जे बुझ्छ, उसले त्यत्ति मात्र गर्न सक्छ, त्यसैले समुदायबाट वा अन्य मानिसबाट मेरो पेशा र संघर्षको पहिचान होस भन्ने चाहना छैन ।’ जसले कलाकारितालाई बुझ्न सक्छ, उनीहरुलाई मैले मात्र होइन कुनै पनि कलाकारले केहि भन्नु पर्दैन, उनीहरु आपैmले हाम्रो काम र सीप हेरिसकेपछि वावाहीको तालि बजाउन थाल्छन् बाहिङले भने ।
वि.सं. २०३९ साल माघ १० गते सोलुखुम्बु जिल्लाको दक्षिणी गाविस नेचाबतासे वडा नं ५ लिस्पुम गाउँमा बुबा भिमबहादुर रल्लेचा बाहिङ र आमा दौलाधनी बाहिङ राईको कोखबाट कान्छो सन्तानको रुपमा केशव ‘युप्स’ रल्लेचा बाहिङको जन्म भएको थियो । सामान्य परिवारमा जन्मिएका बाहिङको केहि वर्षमै आमा कहिल्यै नफर्किने गरी बित्नुभयो । संयुक्त परिवार भएकाले बाहिङलाई आमाको मृत्युपछि पनि खानपान र हेरचाहमा कुनै समस्या भएन । तर घर वरिपरी छिमेकीको घरमा जाँदा यसको आमा छैन यसलाई खानेकुरा देऊ भनेर छिमेकीले भन्दा रमाउने बाहिङ अहिले त्यो कुरा सम्झदा नरमाइलो मान्दछन् । मानिस धर्तीमा जन्मिसकेपछि समय र परिस्थिती अनुसार चल्नु पर्छ । समयको पावन्धीलाई कसैले पनि आफ्नो बसमा राख्न सक्दैन । सयमले जे दियो, परिस्थिती जस्तो बन्यो बाहिङले पनि उसै गरी गाउँमै बाल्यकाल बिताए ।
बाहिङले आमाको माया कस्तो हुन्छ भनेर बाल्यकालमा प्रत्यक्ष महशुस गर्न नपाए पनि दिदी र बुबाको माया धेरै पाए । त्यो माया आमाको अमूल्य ममताभन्दा कम थिएन । उनले प्रारम्भिक शिक्षा हिमाल दर्शन उच्च माध्यमिक विद्यालयबाट शुरु गरे । एसएलसीसम्म हिमाल दर्शन उमाविमै पढे । वि.सं. २०५६ सालमा एसएलसी उत्तीर्ण गरेपछि बाहिङ उच्च शिक्षा हासिल गर्न काठमाडौं हानिए । उनले काठमाडौंको बानेश्वर क्याम्पसबाट आर्टस विषयमा आई.ए. उत्र्तीर्ण गरे ।
बाहिङ वि.सं. २०५० सालमा बुबासँग पहिलो पटक काठमाडौं आएका थिए । त्यसैले उच्च शिक्षाको लागि काठमाडौं आउँदा यहाँको वातावरणसँग घुलमिल हुन त्यत्ति अप्ठ्यारो भएन । जुनबेला सोलुखुम्बु जिल्लालाई सडक यातायातले छोएको थिएन । उनी सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलबाट हवाइ जहाज चढेर काठमाडौं आएका थिए । हवाईजहाजलाई आकाशमा उडेको मात्र देखेका बाहिङले जहाजमा चढेर नयाँ अनुभूतीका साथ काठमाडौं आए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरीदा गाडिहरु कुदिरहेको देख्दा बाहिङलाई किन यत्रो हतारीएर मान्छेहरु हिडेका हुन भन्ने लाग्थ्योरे । अनि मनमनै प्रश्न गर्थेरे यीनीहरुको गन्तव्य कहाँ होला ? पछि बुबालाई सोधेर थाहा भयो यी गाडिहरु मानिसले हतारमा गुडाएका हैनन्, यसको त गतिनै छिटो हुन्छ भनेर बाहिङले थाहा पाए ।
‘म विद्यालयमा पढ्दादेखिनै कान्छी दिदीले नाँच्न लगाउनु हुन्थ्यो, गाउँका विभिन्न व्यक्तिहरुको क्यारीकेचर समेत त्यहीबेलादेखि गर्थे ।’ बाहिङले भने ‘म कक्षा ७ मा पद्दाखेरी नै ४ वटा नाटक र केहि कमेडिहरु सो गरे, जुनबेला त्यो नाटक हेरेर मलाई दर्शकहरुले वावाहीको बेजोड तालिले प्रशंसा गरे, त्यसपछि पछिल्लो समयमा जिल्लास्तरीय नाटक समेत प्रदर्शन ग¥यौं, त्यसपछि एसएलसी दिएर काठमाडौंतिर लागियो ।’ मानिस भएर जन्मिसकेपछि जुन व्यवसाय, जे काम गरे पनि धेरै गाह्रो छ । जे पेशा र व्यवसाय अगाले पनि त्यसमा विभिन्न किसिमका चुनौंतीहरु छन् । कला क्षेत्रमा टिकीरहन धेरै गाह्रो छ । नेपालमा त झन कलाको क्षेत्र धेरै सानो छ । तर सानै क्षेत्र भएपनि कठिन प्रतिस्पर्दा गर्नु कम्ति चुनौतिपूर्ण छैन, बाहिङले भने ।
सन २०१० देखि बाहिङ औपचारिक रुपमा कला क्षेत्रमा लागेका थिए । बाहिङले अभिनय गरेको पहिलो चलचित्र ‘कारण’ हो । त्यही सालमा उनले अर्को चलचित्र ‘ब्रोकन वीन्स’ मा समेत अभिनय गर्ने सुनौलो अवसर पाए । यी दुइवटा चलचित्रमा अभिनयपछि उनले अन्य दुईवटा चलचित्रमा समेत अभिनय गर्ने मौका पाएका । यी चारवटा चलचित्रमा अभिनय गरिसकेपछि बाहिङ नेपाली कला क्षेत्रमा परिचित पात्र मात्र भएनन्, अब्बल अभिनय गर्ने कलाकारको रुपमा पनि आपूmलाई प्रमाणित गरेर देखाइदिए ।
काँचको रंगीन पर्दासम्म आइपुग्नको लागि उनले धेरै संघर्ष गरे । झनै नेपाली कला क्षेत्रमा बाहिङ किरात समुदायका मानिसहरु यसअघि एकाध मात्र थिए । कला क्षेत्रमा आउने चाहना भएकाहरुलाई बाहिङले सबैभन्दा पहिले ज्ञान, अभिनय र कामप्रति लगनशील हुनु पर्ने सुझाउछन् । आफ्नो समुदायको मानिस एक दुई जना भए पनि उनीहरुलाई भेट्न र कुरा गर्न समेत वर्षौं लाग्ने अवस्था छ । ‘हाम्रो किरात समुदायमा मात्र होइन तमाम् आदिवासी समुदायमा चलचित्र क्षेत्रमा लगानी गरेर व्यवसायी बन्न सकिन्छ भन्ने चेतना र ज्ञान नभएकाले हामी पछाडि परेका छौं, हामीले चलचित्र क्षेत्रलाई पनि व्यवसायीक रुपमा लैजान सके यस क्षेत्रमा धेरै सम्भावना छ’ बाहिङले भने ।
बाहिङले अहिलेसम्म १४ वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समयमा चर्चित भएको चलचित्र भैरवभमा अनुसन्धान अधिकृतको मुख्य भूमिकामा उनले अभिनय गरेका छन् । काँचको रंगीन पर्दामा, समाजमा भए गरेका यथार्थ घटनाको वस्तुस्थिती उतार्न माहिर नेपाली कलाकारहरुले भने बमोजिम पारिश्रमीक नपाएको पनि उनको गुनासो छ । झनै आर्टिष्टहरु त धेरै मारमा परेको बाहिङले बताए । चलचित्र खेल्नुभन्दा अगाडि गरिएको एग्रिमेन्ट अनुसार पछि पारिश्रमिक नपाएको धेरै आर्टिष्टहरुको गुनासो भएको उनले सुनाए ।
चलचित्र क्षेत्रमा लागेका आदिवासि जनजाति मूलका आर्टिष्टदेखि निर्माता र निर्देशक औलामा गन्न सकिन्छ । पछिल्लो समयको ठूलो व्यापार चलचित्र पनि हो । ‘मैले जत्ति बुझेको छु, अभैm पनि बुझ्न बाँकी नै छ, मैले बुझे अनुसार चाँही फिल्म भनेको जे गर्दा पनि हुन्छ, यसलाई उदाहरणका रुपमा भन्दा तपाईसँग एउटा सुँगुर छ भने आपैm काटेर किलोको हिसावमा पनि बेच्न सक्नु हुन्छ, वा डल्लै बजारमा पठाउन सक्नु हुन्छ, अथवा ठेकेदारलाई पनि दिन सक्नु हुन्छ, सेम चलचित्र क्षेत्र भनेको पनि यस्तै हो, तर हाम्रा आदिवासीहरुकोमा चाँहि अभैm पनि चेतना पसेको छैन, त्यसैले यो लाइनमा दुइ चार जना सपुत हुनै पर्छ, कङगाल भएर पनि कुनै समय राम्रो चलचित्र बनाउन सकियो भने पहिले गुमाएको सबै सम्पत्ती उकास्न सकिन्छ’ बाहिङले भने ।
‘मैले चलचित्र क्षेत्रमा लगानी गर्नको लागि किरात समुदायका व्यापारी/व्यवसायीलाई भने, तर उनीहरुले मलाई उल्टै प्रश्न गरे, लगानी कसरी उठ्छ भाई ?’ खोला पनि तर्ने अनि तिघ्रा पनि कमाउने भनेभैm पहिले लगानी त गर्नु प¥यो नी त ? अनिपो पछि लगानी उठाउन सकिन्छ उनले भने । त्यसैले मैले लगानी उठे पनि नउठे पनि ‘मतान’ चलचित्र बनाए । जसले गर्दा हामीले पनि राम्रो सामाजिक सन्देश मूलक चलचित्र बनाउन सकिदो रहेछ भन्ने मनोबल बढेको छ । ‘मतान चलचित्रमा लगानि गर्ने मेरो आत्मिय मित्र टुपेन मगर हुनुहुन्छ । उहाँको सिद्धान्त आफ्नो सिर्जना कहिल्यै पनि नर्मानु, की सिर्जना नै नगर्नु भन्ने छ, त्यसैलाई आधार मानेर चलचित्रमा लगानी गरे’ बाहिङले भने ।