ओखलढुंगा २५ चैत । स्थानीय तहको केन्द्र टुंगिएपछि उद्घाटन कार्यक्रममा मोलुङ गाउँपालिकाको केन्द्र बरुणेश्वर नभएको भन्दै उद्घाटन कार्यक्रम बरुणेश्वरका काँग्रेसले बहिस्कार गरे । बरुणेश्वरको रामपुरमा काँग्रेसका एक दर्जनबढी नेता भए पनि उनीहरु उद्घाटनमा गएनन् ।
उनीहरुले आफ्नै गाउँमा केन्द्र चाहिने भन्दै नगरपालिकामा आउन समेत अस्वीकार गरे । अन्ततः भौगोलिक हिसावले अन्य क्षेत्रका लागि समेत उपयुक्त भन्दै आयोगले केन्द्र तोकेपछि उनीहरुले बहस्कार गरेका हुन् ।
तर, अब केन्द्र रामपुर नआउने भए पछि भने चुनावी कार्यक्रम लिएर उनीहरु भोट माग्न प्राप्चा पुगेका छन् । ‘पहिले बहिस्कार गरेर यताको जनमत विगारे अहिले त भोट माग्न नआइ भएन नि’ प्राप्चाका एक काँग्रेसका नेताले भने । उनीहरुको व्यवहारले मोलुँग पारिका जनता चिढिएको उनले बताए । केन्द्रको विषयमा यहाँ विवाद हुँदा काँग्रेसहरु नै विभाजित भएका थिए ।
भोट माग्न भने रामपुरबाटै गाउँपालिकाको उम्मेदवार बन्ने भएकाले अरुभन्दा पहिले नै रामपुरे सांसद समेत लिएर प्राप्चा पुगेका थिए । स्थानीयले भने प्राप्चा बहिस्कार गर्ने काँग्रेसलाई कस्ले भोट देला भन्दै प्राप्चा देउरालीका चिया पसलमा समेत चर्चा शुरु भएको छ ।
पहिले बहिस्कार गरे, अहिले भाेट माग्छन्
0
Shares