फिलिपिन्स, १८ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको गृह नगरमा रहेको एक रात्रि बजारमा शुक्रबार भएको भीषण आक्रमणमा इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले गराएको फिलिपिन्स अधिकारीले शनिबार दाबी गरेका छन् ।
शुक्रबार अबेर राति फिलिपिन्सको दाभाओ महानगरमा भएको एक शक्तिशाली विस्फोटमा परी कम्ती १४ नागरिकको मृत्यु हुनको साथै अन्य ६७ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये १६ जनाको अवस्था चिन्ताजनक रहेको छ । स्थानीय समयअनुसार शुक्रबार राति ११ बजे यो विस्फोट गराइएको थियो ।
आइएस आतङ्ककारी समूहसँग आवद्ध रहेको अबु सेयाफ आतङ्ककारी समूहले यो विस्फोट गराएको दावी अधिकारीहरुको रहेको छ । रासस/एएफपी