उदयपुर २० भदौ । मानव वेचविखन तथा ओसार पसार ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका वक्ताले बताएका छन । जिल्लामा राष्ट्रिय मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवस मनाउने क्रममा कानुनको कार्यन्वयन गर्न प्रहरीले आलटाल गर्ने गरेको बताएका हुन । एउटै लक्ष्य एउटै सार, मानववेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताले वेचविखन सरकारवादी मुद्दा भए पनि सरकारी पक्षबाट नै कार्यान्वयनमा वेवास्था गर्ने गरेको कार्यपत्रमा औल्याईएको थियो । महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजना र ओरेक नेपालको सहयोगमा संचालित कार्यक्रममा अधिवक्ता खम्बसिंह रोईलाले कार्यपत्र पस्तुत गरेका थिए । कार्यपत्रमा ऐनले व्यवस्था गरेको साक्षी वयान गर्न आउँदा पाउने खर्च समेत नदिने गरेको उल्लेख गरिएको छ । गत बर्ष उदयपुरमा दुई वटा मात्र मानव वेचविखन तथा ओसार पसार सम्बन्धि मुद्दा दर्ता हुनुले पनि ऐन कार्यान्वयनको अवस्थाको बारेमा प्रष्ट हुने अधिवक्ता रोईलाले बताए । कार्यक्रममा सरकारवादी भएर चल्ने मुद्दाको विषयमा सर्वसाधारण अनविज्ञ हुदाँ ऐन कार्यान्वन हुन नसकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए । उनले भने ‘सरकारवादी भएर चल्ने मुद्दाको विषयमा ज्ञान नभएका कारण उजुरी प्रकृयामा नआई मेलमिलाप हुने गरेको छ ।’ कार्यक्रममा बोल्दै घिमिरेले बेचविखनको रुप फेरिएकाले बास्तविक विचौलिया चिन्नका लागि समस्या हुने गरेको बताए । त्यस्तै दिवसको आवसरमा भएको मानव वेचविखन सम्बन्धि वक्तित्वकला प्रतियोगितामा मावि पात्लेबास छात्रा प्रतिमा बस्नेत प्रथम, रामजानकी मावि मोतिगडाकी छात्रा दोस्रो र रामजानकी कै मोहित प्रताव राई तृतिय बनेका छन । सन् २००२ मा काठमाडौमा सम्पन्न सार्कको एघारौ शिखर सम्मेलनवाट पारित महिला तथा बालबालिका तथा बेचविखन विरुद्धको सार्क महासन्धी २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालिन व्यवस्थापिका संसदद्धारा अनुमोदन भएपछी सोही दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवश मनाउदै आएको छ ।
मानिसलाई पशु झै बेचविखन गरि बन्धक बनाएर राख्ने कुप्रथाको विरुद्धमा यो दिवश मनाउने गरिएको हो ।
मानव वेचविखन विरुद्धको ऐन कार्यान्वन भएन
7
Shares