ओखलढुंगा, २० भदौ । भुकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुंगाका भुकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका छन् । गुनासो व्यवस्थापन समितिले चासो नदिएपछि पीडितका गुनासा सचिवका झोलामा थन्किएका हुन् । मौसमी राहत लिए पनि इन्जिनियरको टोलीले अनुगमन गर्दा मर्मत गरेका, घरै नपुगि विवरण लिइएका कारण ५ हजार ८ सय भुकम्प पीडितहरुको नाम लाभग्राहीको सुचीमा छुटेको थियो ।
गाविस सचिवहरुलाई ०७३ असार र साउन गरी दुई महिनामा गुनासो फारम बुझाएका पीडितहरुले गुनासो के भयो भने भन्ने खोजी गरेपनि गुनासो फारम नै जिल्ला आइपुगेको छैन । जिविसको कम्प्युटर शाखाका प्रमुख पदम परियालेर गाविसबाट सचिवले गुनासो गर्नेको संख्या मात्र टिपाएको बताए । जिल्ला विकास समितिले पुनः निर्माण प्राधिकरणलाई रिर्पोटिङ गर्न संख्या मागे पनि गुनासो फारम मागेर छानविन थालेको छैन । स्थानीय विकास अधिकारीले चासो नदिएपछि छानविन नभएको गुनासो व्यवस्थापन समितिकै सदस्यहरुले बताएका छन् । गुनासो छानविन नहुँदा पीडितहरु अन्यौलमा परेको प्राप्चाका लेखनाथ फुयलले बताए ।
स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले अनुदान वितरणको कामले गुनासो छानविन गर्न नसकेको बताए पनि अनुदान वितरण समेत तथ्यांक व्यवस्स्थापन गर्न नसक्दा एक महिना रोकिएर भदौ लागेपछि शुरु भएको छ । अझै पीडितहरुको खातामा रकम भने पुगी सकेको छैन । ओखलढुंगाका अनुदान सम्झौता भएका १७ हजार ३ सय परिवारमध्ये हालसम्म ५ सय ७७ जनाले मात्रै अनुदान पाएका छन्
भुकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा
0
Shares