ब्लड क्यान्सर पीडित गमलच्छीलाई २ लाख ७४ हजार आर्थिक सहयोग

0 Shares

काठमाडौं, २१ भदौ । ब्लड क्यान्सर पीडित गमलच्छी राईलाई दक्षिण कोरिया र मलेसियमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पीडित राईलाई बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको पहलमा दक्षिण कोरिया र मलेसियाका किरात समुदायका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
Photo-1.
पीडित राईले सहयोगी मनहरुले दिएको अमूल्य सहयोग जीवनमा कहिल्यै नबिर्सने बताए । ‘म मृत्यूसँग लडिरहेको बेला विदेशी भूमिमा रहेका बाहिङ लगायत नेपालीहरुले आपूm र परिवारको गाँस काटेर आर्थिक सहयोग गर्नु भएकोमा तपाईहरुले लगाउनु भएको गुण कहिल्यै बिर्सने छैन’ पीडित राईले भने ।
Photo-2.
बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको सदस्यहरुको सामूहिक पहलमा दक्षिण कोरियाबाट एक लाख एकानब्बे हजार सात सय र मलेसियाबाट ७६ हजार सात सय २० रुपैयाँ पीडित राईलाई आर्थिक सहयोग गरेका हुन् । अनामनगर काठमाडौंमा एक कार्यक्रम आयोजना गरि बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाका सचिव नेश बाहिङ, सल्लाहकार सदस्य कालुधन बाहिङ, सह सचिव किरण बाहिङ र सदस्य ज्ञानकुमार बाहिङ एवं बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिका अध्यक्ष भूपराज बाहिङ, महासचिव धिरेन सुस्तोचा बाहिङ, सचिव महेश बाहिङ, कोषाध्यक्ष सजना बाहिङ लगायत केन्द्रीय सदस्यहरुको उपस्थितिमा पत्रकार सम्मेनल मार्पmत पीडित राईलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
Photo-3.
सोलुखुम्बु जिल्लाको नेचाबतासे पूख्र्यौली घर भई हाल उदयपुर जिल्लाको बसाह नगरपालिका ११ मा स्थायी बासोबास गरिरहेका ब्लड क्यान्सर पीडित गमलच्छी राईको पारिवारिक स्थिति कमजोर भएका कारण उपचार गर्न समस्या भएपछि आर्थिक सहयोगको अपिल गरिएको थियो । आर्थिक स्थिति कमजोर भएकाले ३ वर्षदेखि उपचारमा समस्या भएको हो ।
Photo-7.
पत्रकार सम्मलेलनको लागि हलको व्यवस्थापन खर्च तथा चिया खाजा खर्च दक्षिण कोरिया शाखाका सदस्य ज्ञानकुमार बाहिङले ७ हजार रुपैयाँ दिएका थिए । यस अघि पनि बोनम्यारो पीडित रुद्र कुलङलाई बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाका सदस्यहरुले आर्थिक सहयोग गरेका थिए ।
Photo-4.
यसैबीच ब्लड क्यान्सर पीडित राईलाई कार्यक्रममा उपस्थित अतिथिहरुले ६ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । पीडित राईलाई कुल दुई लाख ७४ हजार ९ सय ८५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
Photo-5.

Photo-6.

Photo-8.

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtube.com/watch?v=ouVeLbqJGTc

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार