इजरायल, २१ भदौ । इजरायलका व्यापारिक सहर तेल अभिवमा एउटा भवन भत्किँदा कम्तीमा ३ व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
निर्माधिन अवस्थामा रहेको यस भवनमा गएको रातभरी उद्धारकर्ताको समूह कार्यरत रहेपछि तीन व्यक्तिको शव निकालिएको छ । यस दुर्घटनामा परी अझै चार व्यक्ति बेपत्ता रहेका बताइएको छ ।
प्रहरीले सोमबार दिएको जानकारी अनुसार निर्माणाधीन अवस्थामा रहेको भवन भत्केर एउटा ग्यारेजमाथि पर्दा खसेको भग्नावशेषबाट १८ जनाले भागेर बाच्न सफल भएका थिए भने सात जना भग्नावशेषमा पुरिएको बताइएको थियो ।
प्रहरीले मङ्गलबार दिएको जानकारी अनुसार सो घटनामा परी तीन व्यक्ति मृत्यु भएको र अन्य चार बेपत्ता रहेका छन् ।
घटनापछि इजरायली टेलिभिजनले भवन भत्किएका ठाँउमा औषधिसहितका उद्धार टोलीले घाइतेहरूलाई घटनास्थलबाट स्ट्रेचरमा राखी एम्बुलेन्सको सहयोगमा अस्पताल लगेको दृश्यहरू प्रशारण गरेका थिए । रासस/एपी