पर्वत, २३ भदौ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा पर्वत जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ ।
अधिवेशनले जोगमाया प्रसाईंको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले जिल्ला सचिवमा राधाकुमारी शर्मा र कोषाध्यक्षमा विष्णुदेवी गौडेललाई चयन गरेको छ ।
अन्य सदस्यहरुमा पर्वत क्षेत्र नम्बर १ बाट लीलादेवी सुवेदी, उमादेवी पौडेल, उमा कोइराला, सरस्वती शर्मा, लीलाकुमारी दर्जी, सीमा गर्वुजा पुन र लक्ष्मी अधिकारी रहेका छन् ।
यसैगरी, क्षेत्र नं २ बाट मीना बस्याल, विष्णु खड्का, सीता न्यौपाने, मनरुपा पँगेनी, चन्द्रा नेपाली, शर्मिला गुरुङ र रेखा गिरी रहेका छन् । सङ्घको विधानबमोजिम उपाध्यक्ष एक, सचिव एक, सहसचिव एकसहित दुवै क्षेत्रबाट गरी पाँचजना सदस्य अध्यक्षबाट पछि मनोनीत गर्ने व्यवस्था रहेको छ ।
जिल्ला अधिवेशन संगै दुवै निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन पनि सम्पन्न भएका छन् । पर्वत क्षेत्र नं १ मा क्षेत्रीय अध्यक्ष लक्ष्मीकुमारी हमाल र क्षेत्र नं २ बाट क्षेत्रीय अध्यक्षमा यामकुमारी शर्मा निर्विरोध चयन भएका छन् ।
त्यसैगरी, दुवै क्षेत्रबाट आठ–आठजना महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् । पर्वत क्षेत्र नं १ बाट जोगमायाँ प्रसार्इं, लालकुमारी सिके, सीता आचार्य, कलावती शर्मा, वाटुली पौडेल, मनमायाँ नेपाली, मीना कर्माचार्य र लक्ष्मी गुरुङ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यस्तै, क्षेत्र नं २ बाट रेखा गुरुङ, ज्ञानु शर्मा, मेघमायाँ गुरुङ, मायाँ पाठक, राधाकुमारी कँुवर क्षेत्री, विन्दुकुमारी रम्तेल, पार्वती श्रेष्ठ र सहारा वेगम खातुन चयन भएका छन् । रासस