सगरमाथाको नाम, उचाई र नापजाँचको प्रसंग

  निनाम लोवात्ती कुलुङ
77 Shares

सगरमाथाको उचाई नाप्ने काम सर्वप्रथम सन् १८०२ मा भएको थियो । हुन त केही नेपाली मिडियामा सन् १८५२ मा पहिलोपटक सगरमाथाको उचाई नाप्ने काम सुरु भएको भनी लेखिएको देखिन्छ । जे होस्, सगरमाथा अर्थात् चोमोलुङमा विश्वकै अग्लो हिम चुचुरो हो भनी प्रमाणित हुनुअघि धौलागिरी हिमाल, गौरीशंकर हिमाल र कञ्चनजंघा हिमाललाई विश्वको अग्लो हिम चुचुरो मान्ने गरिन्थ्यो ।
आजभोलि अंग्रेजी भाषामा माउन्ट एभरेस्ट, नेपाली भाषामा सगरमाथा र नेपालका आदिवासी जनजातिहरुबीच चोमोलुङ्मा नामले चिनिन्छ, विश्वकै अग्लो हिम चुचुरोलाई । सन् १८०२ देखि चोमोलुङमाको उचाई नाप्ने काम सुरु भएको भए तापनि सन् १८५६ मा सगरमाथाको उचाई ८,८४० मिटर (२९,००२ फिट) मानिएको थियो । सन् १९५५ देखि नेपाल, चीन, भारत लगायत देशले ८,८४८ मिटर (२९,०२९ फिट) लाई सगरमाथाको आधिकारिक उचाई मान्न थालियो । यसका लागि चीन सरकारले पनि सन् १९७५ मा चोमोलुङमा/झोमोलुङमा/कोमोलुङमाको उचाई नापेको थियो । हुन त केही वैज्ञानिकहरु सगरमाथाको उचाई बढेको मान्छन् भने, केही वैज्ञानिकहरु घटेको मान्छन् । जस्तो कि सन् १९९९ मा अमेरिकी नेसनल जोग्राफीका वैज्ञानिकहरुले सगरमाथाको उचाई बढेर ८,८५० मिटर पुगेको बताएका थिए भने, चिनियाँ वैज्ञानिकहरुले सगरमाथाको उचाई लगभग दुई मिटर घटेर ८८४४.१६ मिटर भएको मान्छन् । चीन सरकारको मातहतमा रहेको चाइनिज एकेडेमी अफ साइन्स एन्ड स्टेट ब्युरो अफ सर्भेयिङ एन्ड म्यापिङले सन् २००५ अक्टोबरमा गरेको नयाँ अध्ययनपछि उक्त उचाई कायम भएको हो । चीन सरकारले नेपाल सरकारलाई यही उचाईलाई मान्यता दिन आग्रह गर्दै आएको छ । तर, नेपाल सरकारले हालसम्म पहिले सन् (१९५५ मा) कायम भएको उचाईलाई नै मान्यता दिदै आएको छ ।
सगरमाथा अर्थात् चोमोलुङमाको नामको सम्बन्धमा भन्नु पर्दा पहिले अनेक नामहरुले पुकारिन्थे । जस्तै चरी लमेनी, देव ढुंगा, भैरवनाथ, मितीगुती, चापोलुङमा, जोमो लाङमा, झुमुलाङमा फेङ, शेङमु फेङ, १५ औं चुली, एक्सभी, होली माउन्टेन, थर्ड पोल, पिक बी, द गडेस मदर अफ द स्काई, द गडेस मदर अफ द अर्थ, होली मदर पिक, द बास्टर्ड ! आदि । यसरी हेर्दा चोमोलुङमालाई विगतमा जेजे नामले पुकारिएको भए तापनि आजभोलि चलनचल्तीमा रहेको नाम भने अंग्रेजीमा माउन्ट एभरेस्ट र नेपालीमा सगरमाथा नै हो । तापनि पहिलेपहिले विदेशी लेखक तथा खोज–अनुसन्धानकर्ताहरुले लेखेको किताब, जर्नल, लेख, फिल्म, डकुमेन्ट्री आदिमा भने एभरेस्ट र चोमोलुङमा दुबै नाम सराबरी प्रयोगमा आएको देखिन्छ । त्यो बेला सगरमाथा भनी कतै उल्लेख भएको पाईँदैन । किनभने, त्यो बेला नेपालीमा सगरमाथा नाम रहीसकेको थिएन । नेपालले आधिकारिक रुपमा सन् १९६०/६१ पछि मात्रै ‘सगर’+‘माथा’ “सगरमाथा” नाम रिाखेको हो । सगरमाथाको सम्बन्धमा रोचक कुरो के छ भने, २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतका साथ सरकार गठन गरेपछि तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले चीनको भ्रमण गरे । त्यही क्रममा चोमोलुङमाको बारेमा पनि कुरो भयो । माओले नेपालीमा चोमोलुङमालाई के नामले पुकारिन्छ ? भनी प्रश्न गर्दा तत्कालै वीपीले जवाफ दिन सकेनन् ! वीपी नेपाल फर्केपछि चोमोलुङमाको नेपाली नाम के हो ? के हुन सक्छ ? भनी छलफल चलाए । त्यसै क्रममा बाबुराम आचार्यले (पछि इतिहास शिरोमणि पदवी पाएका) आपूmले विस २०१० मै शारदा पत्रिकामा एक लेख लेखेर चोमोलुङमाको नेपाली नाम ‘सगर’+‘माथा’ “सगरमाथा” राखेको÷जुराएको भनी बताई दिए ।
यसरी लामो समयपछि खागरी २०७२ मा आएको विनासकारी भूकम्पपछि नेपाल सरकारले पनि आधिकारिक रुपमा सगरमाथाको उचाई नाप्ने भन्दै आएको भए तापनि विभिन्न कारणले हालसम्म उक्त कार्य हुन सकेको छैन । यस कार्यमा भारत पनि आप्mनो संलग्नता चाहन्छ भने चीन यो कुरो मान्न तयार देखिदैन । यसले गर्दा पनि चोमोलुङमा अर्थात् सगरमाथाको उचाई नेपाल आफैले नाप्ने कार्यमा ढिलाई भइरहेको देखिन्छ ।

kehinajannekulung@mail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार