पूर्वमन्त्री बस्नेतद्वारा विद्यालयलाई पाँचलाख वितरण

0 Shares

जाजरकोट, २३ भदौ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भेरिमालिका नगरपालिकास्थित कुदु माध्यमिक विद्यालयलाई रु पाँच लाख सहयोग प्रदान गरेका छन् ।

विद्यालयको भौतिक पूर्वाधार, खानेपानी लगायतका समस्या भएको गुनासो स्थानीय अभिभावकले गरेपछि पूर्वमन्त्री बस्नेतले बुधबार पाँच लाख रकम दिएका हुन् । मन्त्री बस्नेतले यो रकम दिएपछि विद्यालयमा भौतिक पूर्वाधारका सामग्री र पानीको धारा जोड्न सहज हुने स्थानीय लोकेन्द्र रोकायले जानकारी दिए । विद्यालय सञ्चालन गर्न निकै समस्या परेको बेला यो रकम पाउँदा विद्यालय परिवार निकै खुसी भएको उनले बताए ।

पूर्व गृहमन्त्री बस्नेतले सो रकम आफ्नो तलबबाट दिएका हुन् । खलङ्गाको कालेगाउँमा आधा रोपनीभन्दा कम जमिन भएका बस्नेत कुनै निजी सम्पत्ति नजोडेका नेतामा पर्नुहुन्छ । उहाँ लामो समयदेखि ललितपुरको भैँसेपाटीमा भाडाको घरमा बस्दै आएका छन् ।

उनको यो घोषणासँगै अहिले विद्यालयलाई जग्गा तथा आर्थिक सहयोग गर्नेको घुइँचो लागेको विद्यालयले बताएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार