हंशपुरको मेयरबाट राजपाले खाता खोल्यो, मेयरमा रामज्ञान विजयी

0 Shares

धनुषा, ४ असोज । तेस्रो चरणको स्थानीय तहको पहिलो परीणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३ सय २० मत ल्याएका छन्, भने रेणुदेवीले ३ हजार २ सय ७६ मत ल्याएका छन् । मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २ सय २९ ल्याए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार