63 Shares

एकसाता देखि बन्द दुनै सदरमुकाम खुल्योे

दुनै, डोल्पा,डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए ।

बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैह्रसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबारदेखि बन्द खुलाइए पनि सांकेतिक आन्दोलन र वैचारिक आन्दोलनलाई जारी राखिने बताइएको छ । यसअन्तर्गत शान्तिपूर्ण विरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झण्डा प्रदर्शन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए।

उहाँका अनुसार छोटो अवधिमा आफूहरुको माग पूरा नभए पुनः आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार