मतपरिणाम अपडेटः प्रदेश न. २ मा काङ्ग्रेस अगाडि, राजपा दोस्रो स्थानमा उक्लियो

0 Shares

काठमाडौं, ५ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । काङ्ग्रेसले ११ स्थानीय तहमा विजय हासिल गरेर पहिलो स्थानलाई कायमै राखेको हो । काङग्रेस २५ स्थानीय तहमा अगाडि छ । ७ स्थानीय तहमा विजय हासिल गर्दै दोस्रो स्थानमा राजपा नेपाल उक्लिएको छ । राजपा १४ स्थानीय तहमा अगाडि छ । नेकमा एमाले ५ स्थानीय तहमा विजयी हासिल गर्दै तेस्रो स्थानमा छ । एमाले १९ स्थानीय तहमा अगाडि छ । त्यस्तै माओवादी केन्द्र ५ स्थानीय तहमा विजयी र १७ स्थानीय तहमा अग्रता लिदै चौथो स्थानमा रहेको छ । संघिय समाजवादी फोरमले ४ स्थानीय तहमा विजयी र १३ स्थानीय तहमा अग्रता कायम राख्दै पाँचौं स्थानमा रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार