२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

विपीले देखेको सानो सपनाभन्दा हामी माथि उठ्न सकेनौं:मन्त्री थापा



काठमाडौं, २६ भदौ । स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विपीले देखेको सानो सपनाभन्दा माथि उठ्न नसकेको बताएका छन् । नेपाली काँग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै मन्त्री थापाले विपीले भनेका कुरा मेरो जस्तै अरुको पनि बास बस्ने घर होस, एक हल गोरु होस, खेतबारी होस भनेर भनेको कुराभन्दा माथि उठ्न नसकेको बताएका हुन् ।
gagan-thapa-photo-1
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
https://youtube.com/watch?v=4QVw6sIfecQ
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले विपीको १०२ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा सोलुखुम्बु सम्पर्क समितिले अन्य जिल्लाको सम्पर्क समितिभन्दा महत्वपूर्ण काम गरेको बताए ।
ang-gelu-sherpa-photo-2
रक्तदान कार्यक्रममा १ सय २ जनाले रक्तदान गरेको नेपाली काँग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका महासचिव रोशनबाबु थुलुङले बताए । काठमाडौं उपत्यकाका अस्पतालहरुमा रगतको अभाव भएको खबर सुनेपछि सम्पर्क समितिले विपीको १०२ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि महासचिव थुलुङले बताए ।
photo-14
photo-5
photo-3
photo-10
photo-9

प्रकाशित मिति : २६ भाद्र २०७३, आइतबार  १२ : ४२ बजे