पाल्पा, १२ भदौ । रामपुर नगरपालिकाको १४ गेझामा स्वास्थ्य चौकी निर्माणका लागि छ रोपनी जग्गा दान प्राप्त भएको छ ।
गेझा बस्ने गोपालप्रसाद पन्तले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गर्नुभएको हो । “नगरपालिकाको केन्द्रबिन्दुबाट टाढा रहेको गेझा क्षेत्रमा स्वास्थ्य चौकी निर्माण भएपछि यहाँका नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले जग्गा प्रदान गरेको हुँ” – दाता पन्तले भन्नुभयो । उहाँले रु १५ लाख मूल्य बराबरको मूल्य पर्ने छ रोपनी जग्गा दान गर्नुभएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो । रासस