इलाम, २७ भदौ । इलाम नगरपालिका–४ मा रहेको राहसल बाल अनाथलयलाई इलाम नगरपालिकाका एक दम्पतीले डेढ लाखको अक्षयकोष खडा गरिदिएका छन् ।
आर्थिक अभावमा समस्यामा परिरहेको यस अनाथलयलाई वर्तबहादुर राई र उहाँकी श्रीमतीले रु डेढ लाखको अक्षयकोष खडा गरिदिएका हुन् ।
अनाथलय सञ्चालनका लागि इलाम सदरमुकामका विभिन्न समाजसेवीले दैनिक एक सङ्कलन अभियान समेत थालेका छन् । अनाथलय सञ्चालनका लागि जिल्ला विकास समितिले भवन निर्माण गरिदिएको छ ।
अनाथालयमा आठ जना अनाथ बालबालिका आश्रित छन् । आफन्त गुमाएका र अर्काको घरमा बसेका बालबालिकालाई उद्धार गरेर यहाँ आश्रय दिइएको हो ।