मजदुर अभावमा चिया टिप्ने मेसिनको प्रयोग बढ्दै

0 Shares

ईलाम, २७ भदाै । वैदेशिक रोजगारीका कारण जिल्लाको ग्रामीण भेगमा चिया टिप्ने मजदुर अभाव हुन थालेपछि चिया कृषकले आधुनिक प्रविधि भित्र्याउन थालेका छन् ।

मजदुर अभावमा जिल्लाका साना तथा ठूला चिया कृषक तथा बगान पक्षले चिया टिप्ने मेसिन ल्याएका हुन् ।

चिया टिप्ने मेसिन (टिप्लकर) छिटो काम गर्ने, कम खर्च लाग्ने र मानिस खोजिरहनु नपर्ने भएकाले कृषकले महँगो मूल्य तिरेर मेसिन भित्र्याएका हुन् ।
चिया विकास निगमअन्तर्गतका कारखानाले पनि मेसिनको प्रयोग थालेका छन् । श्रमिक घट्दै गएकाले समयमा टिप्न नभ्याउँदा तीनवटा मेसिनको प्रयोग हुने गरेको कन्याम चिया बगानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार